बैंक अफ इङ्गल्याण्डद्धारा ब्याजदरमा वृद्धि, मन्दीको चेतावनी

बैंक अफ इङ्गल्याण्डद्धारा ब्याजदरमा वृद्धि, मन्दीको चेतावनी


बैंक अफ इङ्गल्याण्ड (बीओई) ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ ।

बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती बैंकको लगातार दोस्रो पटकको ०.५ अङ्कको वृद्धि यस साताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको हो । 

बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न खोजिरहेका छन् । बैंकले प्रमुख ब्याज दरलाई ०.५ प्रतिशत बिन्दुले २.२५ प्रतिशतमा पु¥याई अधिकांश बजारका अपेक्षाहरू पूरा गरेको छ । 

बेलायती प्रधानमन्त्री लिज ट्रसले व्यवसाय र घरपरिवारका लागि ऊर्जाको मूल्य स्थिर गर्ने र देशको जीवनयापनको लागतलाई कम गर्ने योजनाको परिणाम स्वरूप मुद्रास्फीतिको दृष्टिकोणमा सुधार भएको उल्लेख गरिएको छ ।
 

Logo