प्रकाश र पूजाबीच मिलापत्र, उजुरबाजुर सबै फिर्ता

प्रकाश र पूजाबीच मिलापत्र, उजुरबाजुर सबै फिर्ता


पत्रकार प्रकाश सुवेदी र नायिका पूजा शर्माबीच मिलापत्र भएको छ ।

दुवैबीच अबदेखि एकले अर्कालाई गालीगलौज नगर्ने, कलाकार र पत्रकारबीच विवाद ल्याउने प्रयास नगर्नेलगायतका सहमति भएको छ । त्यस्तै यसअघिका सबै उजुरबाजुर फिर्ता गर्ने पनि सहमति भएको छ ।

मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका  कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।

नायिका पूजा शर्माले एक भिडियो क्लिप सार्वजनिक भएपछि दुईबीच बिबाद शुरू भएको थियो । पत्रकार प्रकाश सुवेदीले  लिखित माफी माग्नुपर्ने नायिका शर्माको अडान थियो  ।

पत्रकार सुवेदीले भने एक भिडियोमार्फत माफी मागेका  थिए ।

Skip This
Logo