हवाईजहाजमा हर्न हुन्छ भन्ने तपाईलाई थाहा छ ?

हवाईजहाजमा हर्न हुन्छ भन्ने तपाईलाई थाहा छ ?


कार होस् वा मोटरसाइकल, बस होस् वा रेल, तपाईंले कुनै न कुनै बेला यी सबै सवारीको हर्न सुनेकै हुनुपर्छ । 

वास्तवमा, कुनै पनि गाडीमा हर्न बजाउनु धेरै महत्त्वपूर्ण हुन्छ । किनकि हर्नको मद्दतले मात्र तपाईले गाडी चलाउँदा मानिसहरूलाई सचेत गराउन सक्नुहुन्छ । गाडीको हर्न बज्ने वित्तिकै मानिसहरु सचेत भएर दुर्घटनाको शिकार हुनबाट जोगिन्छन् । तपाइले रेलमा हुने हर्नको आवाज पनि पक्कै सुनेको हुनुपर्छ । तर, के तपाईंले कहिल्यै हवाइजहाजमा हुने हर्नको बारेमा सुन्नु भएको छ ? 

यस कारण हर्न लगाइन्छ 
उडानमा हर्नको प्रयोग आकाशमा अन्य कुनै हवाइजहाजलाई सचेत गर्न प्रयोग गरिएको हुदैन । किनभने एउटै रुटमा दुईवटा जहाज आमनेसामने हुने सम्भावना हुदैन । यसबाहेक, विमानमा हर्न चरा हटाउनका लागि पनि प्रयोग गरिदैन । वास्तवमा, जहाजमा हर्न ग्राउन्ड इन्जिनियर र स्टाफसँग कुराकानी गर्न प्रयोग गरिन्छ । उडान भर्नुअघि नै जहाजमा कुनै खराबी भएमा वा आपतकालीन अवस्था आयो भने विमानभित्र बसेका पाइलट वा इन्जिनियरले हर्न बजाएर ग्राउन्ड इन्जिनियरलाई अलर्ट सन्देश पठाउँन हर्नको प्रयोग गर्छन् ।

जहाजमा हर्न कहाँ जडान गरिएको हुन्छ ?  
जहाजको हर्न यसको ल्यान्डिङ गियरको डिब्बामा राखिएको हुन्छ । यसको बटन विमानको ककपिटमा हुन्छ । यो बटन माथि जीएनडी लेखिएको हुन्छ । यो बटन थिच्दा, उडान चेतावनी प्रणाली ट्रिगर हुन्छ र यसले साइरन जस्तो आवाज निकाल्छ ।

विमानमा लगाइएको स्वचालित हर्नले कसरी काम गर्छ ? 
हवाइजहाजमा पनि स्वचालित हर्न हुन्छ । जुन जहाजमा खराबी हुँदा वा आगो लागेमा स्वतः बज्ने गर्छ । तर, यसको विशेष कुरा यो हो कि यी हर्नको आवाज पनि फरक फरक हुन्छ । जुन फरक–फरक प्रणालीमा भएको गल्ती अनुसार फरक–फरक आवाजमा बज्छ । तिनीहरूको फरक आवाजको साथ, विमान इन्जिनियरहरूले उडानको कुन भागमा खराबी भएको पत्ता लगाउन सक्षम छन् ।

Logo