ड्रोन अर्डर गर्दा १ किलो आलु डेलिभर

ड्रोन अर्डर गर्दा १ किलो आलु डेलिभर


अहिले सामाजिक सञ्जालमा अनलाइन सपिङ एप ‘फ्लिपकार्ट’को बारेमा एउटा समाचार भाइरल भइरहेको छ । 

भर्खर एक व्यक्तिले ल्यापटप अर्डर गरे र चौबीसै घण्टा डिटर्जेन्ट साबुन पाए भन्ने खबर सेलाउन नपाउदै यस्तै अर्को घटना सार्वजनिक भएको छ जुन मेसो भन्ने एपबाट भएको हो । वास्तवमा बिहारका एक व्यक्तिले मेसो एपबाट ड्रोन अर्डर गरेका थिए । तर उनले पाएका प्याकेजमा एक किलो आलु रहेको उनी बताउछन् । उनले यी सबै घटनाका बारेमा रेकर्ड गरी सामाजिक सञ्जालमा पोष्ट गरिसकेपछि अहिले उनले सेयर गरेको भिडियो अनलाइनमा भाइरल भइरहेको छ ।

भिडियो रेकर्डिङको क्रममा, ती अनलाइन खरिदकर्ताले डेलिभरी ब्वाईकै अघि अनबक्स गरेका थिए । अनबक्सका क्रममा प्याकेजबाट आलु बाहिर निस्किएपछि डेलिभरी गर्नेलाई स्थानीयहरुले घेरी सोधपुछ गरेका थिए । ती डेलिभरी ब्वाइले मेसो ठगीमा आफु संलग्न रहेको स्वीकार गरेका छन् । यस घटनाको बारेमा खरिदकर्ताले प्रहरीमा उजुरी दर्ता गराएका छैनन् ।

अनलाइन खरिदकर्ताका अनुसार अनलाइन डेलिभरी समयमा त्रुटि भएको यो पहिलो पटक होइन । यसअघि पनि अर्डर गरिएका प्याकेजमा तरकारी वा ढुंगा भेटिएको खरिदकर्ता बताउछन् । 

Logo