उत्तर कोरियाको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि गरे क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि गरे क्षेप्यास्त्र प्रक्षेपण


अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल प्रक्षेपण गरेका छन् ।

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै त्यसको जवाफमा उनिहरुले पनि मिसाइलको प्रक्षपण गरेका हुन् । मंगलबार मात्रै उत्तर कोरियाले जापानी आकाशमाथिबाट इन्टरमिडियट रेन्ज ब्यालेस्टिक मिसाइल (आईआरबीएम) परिक्षण गरेको थियो । सो मिसाइल यसअघिका मिसाइलको तुलनामा धेरै शक्तिशाली भएको अमेरिकाले बताएको छ ।

मिसाइल उत्तर कोरियाको पेनिन्सुला र जापानी भूभागको बीचमा अवस्थित समुद्रमा खसालिएको थियो । प्योङयाङले गरेको सो परीक्षण जापानको आकाशमाथिबाट गरिएको सन् २०१७ पछिकै यो पहिलो मिसाइल परीक्षण भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । उत्तर कोरियाद्वारा गरिएको ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा अमेरिकाले पनि अमेरिकाद्वारा निर्मित ’आर्मी टेक्टिकल मिसाइल सिस्टम’ नामक मिसाइल प्रक्षेपण गरेको छ ।

आज सीएनएनसँग बोल्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले उत्तरले गर्न सक्ने सम्भावित आक्रमणको सामना गर्ने सैन्य क्षमता आफूहरूसँग भएको र त्यसको जवाफ दिन आफूहरू तयार रहेको भन्ने देखाउनका लागि उक्त मिसाइल प्रक्षेपण गरिएको बताउनुभएको छ ।

दक्षिण कोरियाद्वारा प्रक्षेपण गरिएको मिसाइल भने प्रक्षेपण गरिएको केही समयमै दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक र परमाणु हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले भने पटक–पटक यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

Logo