वियरको बोटल खैरो र हरियो रंगकै किन हुन्छ ? कारण थाहा पाउदा ढंग पर्नुहुनेछ

वियरको बोटल खैरो र हरियो रंगकै किन हुन्छ ? कारण थाहा पाउदा ढंग पर्नुहुनेछ


भनिन्छ हजारौं वर्ष पहिले बियर बनाउने पहिलो कम्पनी पुरातन इजिप्टमा थियो ।

यहाँ सुरुमा पारदर्शी बोतलमा बियर दिइन्थ्यो । यसैबीच, धेरै बियर निर्माताहरूले बियरमा रहेको एसिडले सूर्यको किरण र यसको पराबैंगनी किरणहरूसँग प्रतिक्रिया गरिरहेको पत्ता लगाए । यस प्रतिक्रियाका कारण, बियरमा गन्ध आउन थाल्यो र मानिसहरू यसबाट टाढा रहन थाले ।
अनुसन्धानकर्ताहरुले एकै समयमा यो समस्या समाधान गर्न विभिन्न समाधानहरू फेला पारे । यसै क्रममा बियर निर्माताहरूले बियरका लागि त्यस्ता बोतलहरू छनौट गरे, जसमा खैरो कोटिंग गरिएको थियो । यस क्रममा, खैरो बोतलहरू प्रयोग गरियो । यो प्रयोग आजसम्म काम गरिरहेको छ किनकी यस रंगको बोतलमा राखिएको बियर आजसम्म बिग्रिएको रेकर्ड छैन । अर्थात्, सूर्यको किरणले खैरो बोतलहरूलाई असर गर्न सकेन ।

तर, दोस्रो विश्वयुद्धको समयमा निर्माताहरु अगाडि अर्को समस्या खडा भयो । यस अवधिमा खैरो बोतलको अनिकाल हुन पुग्यो । खैरो रंगको बोतल सबैतिर उपलब्ध थिएनन् । यस्तो अवस्थामा बियर निर्माताहरूले सूर्यको किरणले असर नपर्ने अर्को रंग रोज्नुपर्ने थियो । त्यसपछि हरियो रंग छनोट गरियो । त्यसयता बियर हरियो बोतलमा बिक्री हुन थालेको छ ।

Skip This
Logo