थाइल्याण्ड गोलीकाण्ड : आक्रमणकारीले आफ्नो परिवारसहित स्वयंलाई पनि गोली हाने

थाइल्याण्ड गोलीकाण्ड : आक्रमणकारीले आफ्नो परिवारसहित स्वयंलाई पनि गोली हाने


थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बाल हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा २२ बालबालिका र १२ वयस्क थिए । राष्ट्रिय प्रहरी प्रवक्ता अचायोन क्राथोङका अनुसार घटना नोङ बुवा लम्फु प्रान्तमा भएको हो । मिडिया रिपोर्टमा भनिए अनुसार ३४ जनाको हत्यापछि आक्रमणकारीले आफ्नो बच्चा र श्रीमतीलाई पनि गोली हानेका थिए । त्यस लगतै उनले आफूलाई पनि गोली हानेको थियो । सबैको घटनास्थलमै मृत्यु भएको छ । 

समाचार एजेन्सी रोयटर्सले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले यस विषयमा तत्काल छानबिन गर्न आदेश दिएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो क्रुर घटनाका दोषी पूर्व प्रहरी अधिकारी हुन् । उनलाई केही समयअघि जागिरबाट निकालिएको थियो । घटनापछि त्यहाँ चर्काचर्की भएको छ । वरपरका क्षेत्रमा त्रासको वातावरण फैलिएको छ । धेरै मानिसहरू शरण लिन सुरक्षित ठाउँमा सरेका छन् ।

यसअघि सन् २०२० मा थाइल्याण्डमा सामूहिक गोली हानाहान भएको थियो
यसअघि सन् २०२० मा थाइल्याण्डमा पनि यस्तै सामूहिक गोली हानाहान भएको थियो । जसमा सम्पत्तिको सम्झौतालाई लिएर आक्रोशित सैनिकले २९ जनाको हत्या गरेका थिए । सबैतिर फैलिएको यो घटनामा ५७ जना घाइते भएका थिए ।

थाइल्याण्डमा लाइसेन्स प्राप्त बन्दुकधारीहरुको संख्या उच्च 
थाइल्याण्डमा अन्य देशहरूको तुलनामा इजाजतपत्र प्राप्त हतियारधारीहरूको संख्या धेरै रहेको रिपोर्टले देखाएको छ । तर आधिकारिक तथ्याङ्कमा ठूलो संख्यामा अवैध हतियारहरू समावेश छैनन् ।

Skip This
Logo