बसमा आगलागी हुँदा १२ जनाको मृत्यु

बसमा आगलागी हुँदा १२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

महाराष्ट्रको नासिकमा एउटा बसमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

नासिक–औरंगाबाद राजमार्गमा डिजेल ढुवानी गर्ने ट्रेलर ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । ‘मृत्यु हुनेमा अधिकांश बसका यात्रुहरू थिए, घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको छ’, नासिकका प्रहरी उपायुक्त अमोल ताम्बेले भने ।  उनले आगलागीको वास्तविक कारण पत्ता लगाउन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए ।

एजेन्सी

Logo