पाकिस्तानी मन्त्रीसहित दुई विदेशी नागरिक अपहरणमा

पाकिस्तानी मन्त्रीसहित दुई विदेशी नागरिक अपहरणमा

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका मन्त्री बेग हुन्जासहित दुई विदेशी नागरिक अपहरणमा परेका छन् । 

मन्त्री बेग हुन्जा इमरान खानको पार्टी पीटीआईका विधायक हुन् । मध्य पाकिस्तानी सहर मुल्तानमा बन्दुकधारीहरूले मन्त्रीसहित दुई पश्चिमी विदेशी सहायता कामदारलाई अपहरण गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । मुलतान शहरका प्रहरी अधिकारी अमिर जुल्फिकारले अपहरणमा परेका विदेशीमध्ये एकजना इटालियन र अर्का जर्मन भएको बताए । सबैको रिहाइका लागि अपहरणकारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको जनाइएकाे छ । 
आतंकवादीहरूले जेलमा रहेका आफ्ना साथीहरूलाई रिहा गर्न माग गर्दै उनीहरुलाई अपहरण गरेकाे जनाइएकाे छ। उनिहरुले हबिबुर रहमानकाे रिहाइकाे माग गरेका हुन् । रहमानमाथि नङ्गा पर्वतमा १० विदेशीको हत्या गरेको आरोप छ । जसको रिहाइको माग भइरहेको छ । उनीहरु विदेशीको हत्यामा संलग्न रहेको स्रोतले जनाएको छ ।

यसै क्रममा जिबीका वरिष्ठ मन्त्री अबैदुल्लाह बेगको अडियो पनि सामाजिक सञ्जालमा आएको छ । अडियोमा बेग इस्लामाबादबाट गिलगिट जाँदै थिए भन्ने सुनिएको छ । तर आतंककारीहरूले जेलबाट आफ्ना सहयोगीहरूलाई रिहा गर्न माग गर्दै राजमार्ग बीचमै अवरुद्ध पारेका छन् । तर, केही समयपछि मन्त्रीसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल फोन बन्द भएको थियो । अहिले अपहरणकारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।

आतंकवादीहरूले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तलाई गिलगिट–बाल्टिस्तानसँग जोड्ने राजमार्ग अवरुद्ध गरेका छन् । जसका कारण सडकको आवागमन पूर्ण रुपमा प्रभावित भएको छ भने यात्रुहरु दुबैतर्फ अलपत्र परेका छन् ।

२०१३ मा यी बन्दुकधारीहरूले गिलगिट–बाल्टिस्तानको नांगा पर्वत जाने पर्वतारोहीहरूलाई निशाना बनाएका थिए । बन्दुकधारीले चीन, युक्रेन र रुसका नागरिकसहित नौ पर्यटक र एक पाकिस्तानी गाइडको गोली हानी हत्या गरेका थिए ।

Logo