दक्षिणी युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु

दक्षिणी युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा सातवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरुमध्ये तीन ओटा सहरका केन्द्रमा खसेका  थिए । युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा भनेको छ, ‘क्षेप्यास्त्र हमलामा एक बालकसहित कुल १७ जनाको मृत्यु भएको छ ।’यसअघि शनिबार मृतकको संख्या १४ जनाइएको थियो । क्षेप्यास्त्र हमलामा मुख्य सहरमा रहेको एउटा पाँच तले भवन पूर्ण रुपमा जलेको छ ।

Logo