अतिवादीको अपहरणमा परेका पाक मन्त्री रिहा

अतिवादीको अपहरणमा परेका पाक मन्त्री रिहा

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा अतिवादी समूहको अपहरणमा परेका एक मन्त्री सकुशल रिहा भएका छन् ।

गिलगिट–बाल्टिस्तान क्षेत्रबाट अपहरणमा परेका मन्त्री अबैद उल्लाह बेग वार्तापछि सकुशल रिहा भएका हुन् । उनीहरुलाई अतिवादीले शुक्रबार अपहरण गरेका थिए । शुक्रबार राति इस्लामावादबाट बाबुसर जाँदै गर्दा उनको अपहरण भएको थियो । तर, पछि विद्रोहीसँगको वार्तापछि बेगलाई शनिबार बिहान रिहा गरिएको पाकिस्तानस्थित मिडिया पोर्टल मिनेट मिररले जनाएको छ ।

मिररका अनुसार अतिवादी कमाण्डर अब्दुल हमिदले पाकिस्तानी मन्त्रीलाई रिहा गर्न शर्त राखेका थिए । हमिदले गिलगिट बाल्टिस्तान सरकारलाई नागा पर्वतमा भएको अतिवादी घटनामा संलग्न सशस्त्र व्यक्तिहरूलाई रिहा गर्न माग गर्दै १० दिनको समयसीमा दिएका थिए । 

सन् २०१३ मा एउटा हमलामा अर्धसैनिक प्रहरीको पोशाक लगाएका बन्दुकधारीहरूले नागा  पर्वतमा गरेको हमलामा १० विदेशी पर्यटकको मृत्यु भएको थियो । हत्यामा संलग्न केही अतिवादीलाई सरकारले नियन्त्रणमा लिएको थियो ।

एजेन्सी

Logo