एस्ट्रोइड र नासाको डार्ट स्पेसक्राफ्टको टक्करबाट निस्कियो १० हजार किलोमिटर लामो पुच्छर

एस्ट्रोइड र नासाको डार्ट स्पेसक्राफ्टको टक्करबाट निस्कियो १० हजार किलोमिटर लामो पुच्छर


गत हप्ता, अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले जानाजानी आफ्नो एउटा अन्तरिक्ष यान क्षुद्रग्रह (एस्ट्रोइड) सँग ठोक्काएको थियो । 

यो टक्कर नासाका लागि ३३० मिलियन डलरको ‘डाट’ मिशनको एक हिस्सा थियो । ‘डाट’ मिसनमा पृथ्वीको सुरक्षित भविष्य टिकेको छ । अन्तरिक्षयान र एस्ट्रोइडको टक्करले अन्तरिक्षमा भग्नावशेषले लामो रेखा सिर्जना गरेको छ । यस भग्नावशेष ट्रेलको लम्बाइ ९ हजार ६०० किलोमिटरभन्दा बढी छ । 
सेप्टेम्बर २६ मा डार्ट र एस्ट्रोइडको टक्कर गराइएको थियो । सो टक्करको तस्विर हालै सार्वजनिक गरिएको थियो । जसमा हामी टक्करपछि क्षुद्रग्रहको सतहबाट उडेको धुलो र फोहोरले धूमकेतु जस्तो ’पुच्छर’ बनेको स्पष्ट देख्न सक्छौं ।

रिपोर्टका अनुसार खगोलविद् टेडी करेटाले ४.१ मिटर लामो सदर्न एस्ट्रोफिजिकल रिसर्च टेलिस्कोपको प्रयोग गरेर दुर्घटना भएको दुई दिनपछि यो तस्वीर खिचेका हुन् । खगोलविद्हरूले यो पुच्छर करिब १० हजार किलोमिटर लामो भएको हुने अनुमान गरेका छन् । वैज्ञानिकहरूले डिमोर्फोस करिब ५२५ फिट चौडा भएको अनुमान गरेका छन् । 

Logo