डुंगा दुर्घटनामा कम्तीमा ७६ जनाको मृत्यु

डुंगा दुर्घटनामा कम्तीमा ७६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । 

८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए । राष्ट्रपति मुहम्मदु बुहारीले उक्त दुःखद दुर्घटनाका पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।  उनले देशको जल यातायात प्रणालीमा सुरक्षा उपायहरूको समीक्षा गर्न पनि आदेश दिएका छन् । 

बुहारीले सरकारी निकायलाई डुंगाहरूमा सुरक्षा प्रोटोकलहरू जाँच गर्न र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न आह्वान गरे । स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा पल्टनुअघि ओग्बाकुबाको न्क्वो बजारतर्फ बढिरहेको थियो । डुंगाको इन्जिन फेल भएको थियो र पल्टिनु अघि एउटा पुलमा ठोक्किएको बताइएको छ । 

एजेन्सी

Logo