भारतका दिग्गज राजनीतिज्ञ मुलायम सिंह यादवको निधन

भारतका दिग्गज राजनीतिज्ञ मुलायम सिंह यादवको निधन

केन्द्रबिन्दु
0
Shares

भारतका वरिष्ठ राजनीतिज्ञ मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वसंघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उनी उत्तर प्रदेशमा तीन पटकसम्म मुख्यमन्त्री बनेका थिए । उनको अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनका छोरा तथा राजनीतिक उत्तराधिकारी अखिलेश यादवले सोमबार बिहान उनको निधन भएको पुष्टि गरेका हुन् । 

विभिन्न दलका राजनीतिज्ञ, सार्वजनिक व्यक्तित्वहरू र सर्वसाधारणले भारतीय राजनीतिका दिग्गज यादवको मृत्युप्रति श्रद्धांजलि अर्पण गरेका छन् । यादव विगत केही वर्षदेखि बिरामी थिए र लगातार अस्पतालमा जाने गरेका थिए । उनी बहालवाल सांसद पनि थिए । तर, उनी धेरै सक्रिय थिएनन् र सार्वजनिक सभाहरूमा विरलै देखिन्थे ।
 

Logo