युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोग : जेलेन्स्की

युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोग : जेलेन्स्की

केन्द्रबिन्दु
0
Shares

रुसलाई क्रिमिया जोड्ने पुलमा विष्फोटको बदलामा रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर  सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ ।

आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला भएको देशको सेना प्रमुखले बताएका छन् । युक्रेनमा कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको उनले बताए।
 
केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको हाे। हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । ‘ हामी आतंककारीहरूसँग लडिरहेका छौं ।  दर्जनौं मिसाइल र ड्रोनले देशभरका उर्जा फ्यासिलिटिजमा निशाना बनाइएको छ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

एजेन्सी

Logo