गाईलाई राष्ट्रिय जनावर घोषणा गर्ने रिट खारेज

गाईलाई राष्ट्रिय जनावर घोषणा गर्ने रिट खारेज

केन्द्रबिन्दु
0
Shares

गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ ।

गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी संस्था गोवंश सेवा सदन लगायतले भारतको सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । तर न्यायाधीशहरुले अनावश्यक रिट दर्ता गराएको भन्दै खारेज गरिदिएका हुन् ।

रिट निवेदनमा गाईलाई मुलुकको राष्ट्रिय जनावर घोषणाका लागि सरकारलाई आदेश दिन माग गरिएको थियो । सुनुवाइका क्रममा न्यायाधीशहरु एस. के. कौल र अभय एस ओकाले गाईलाई राष्ट्रिय जनावर नबनाउँदा कुन मौलिक अधिकार प्रभावित भएको छ ? भनी निवेदकसँग प्रतिप्रश्न गरेका थिए ।

साथै उनीहरुले गाईलाई राष्ट्रिय जनावर बनाउने कि नबनाउने भन्ने कुराको फैसला गर्ने काम अदालतको हो र ? भनेर पनि प्रतिप्रश्न गरेका थिए । निवेदनकर्ताको तर्फबाट पेश भएका वकिलले अदालतमा बहस गर्दै गाईको सुरक्षा निकै महत्वपूर्ण रहेको बताएका थिए ।

तर इजलासले उक्त रिट निवेदन अनावश्यक भएको भन्दै उल्टै जरिवाना लगाउने चेतावनी दिएपछि रिट निवेदनकले निवेदन फिर्ता लिए भने अदालतले उक्त मुद्दा नै खारेज गरिदिएको छ । भारतको राष्ट्रिय जनावर पाटे बाघ हो ।

Logo