नासाद्वारा डार्ट अन्तरिक्षयान ठक्करको नतिजा सार्वजनिक

नासाद्वारा डार्ट अन्तरिक्षयान ठक्करको नतिजा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नासाले क्षुद्रग्रहसँग डार्ट अन्तरिक्षयान ठक्करको नतिजा सार्वजनिक गरेको छ ।
नासाका वैज्ञानिकहरूले डिमोर्फोस एस्टेरोइड अर्थात क्षुद्रग्रहसँग डार्ट अन्तरिक्षयान ठक्कर गर्ने नतिजा घोषणा गरेका हुन् । नासाका प्रमुख बिल नेल्सनले ग्रह रक्षा र मानवता को लागी एक महत्वपूर्ण क्षण रहेको भन्दै यसको नतिजा ऐतिहासिक भएको बताए । 

बैज्ञानिकहरुले पुरा घटनाक्रमको निगरानी टेलिस्कोपबाट गरेका थिए । ठक्करको प्रभाव अघि चन्द्रमाले आफ्नो मूल क्षुद्रग्रहको परिक्रमा ११ घण्टा ५५ मिनेटमा गरेको थियो । नासाका बैज्ञानिकहरुले क्षुद्रग्रहको कक्ष पुरा गर्नमा १० मिनेटको कमी आउने अपेक्षा गरेका थिए । 

तर परिक्रमामा ३२ मिनेटको कमी आएको बैज्ञानिकहरुले बताएका छन् । क्षुद्र ग्रहको मार्गमा हुने परिवर्तनको नतिजा पत्ता लगाउन बैज्ञानिकहरुले यो अभियान शुरु गरेका हुन् । यो नतिजापछि अब अन्तरिक्षमा कुनै पनि क्षुद्र ग्रहसँग ठक्कर दिन अन्तरिक्षयानलाई नियन्त्रण गर्न सकिने भएको छ । 

Logo