यात्रुवाहक बसमा आगलागी हुँदा ८ बालबालिकासहित १८ को मृत्यु

यात्रुवाहक बसमा आगलागी हुँदा ८ बालबालिकासहित १८ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी भएको छ ।

दुर्घटनामा ८ बालबालिकासहित १८ जना जिउँदै जलेका छन् भने कैयौँ घाइते भएका छन्। सबैलाई जामशोरो अस्पताल लगिएको छ । जामशोरोका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक जावेद बलोचका अनुसार बस कराँचीबाट खैरपुर नाथन शाह फर्कँदै थियो । नूरियााबाद नजिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । 

बसमा बसेका यात्रुहरू बाढीपीडित रहेको र घर फर्कने क्रममा रहेका थिए । उनिहरु सबै मुगरी समुदायका रहेको जनाइएको छ । दुर्घटनापछि तत्कालै उद्धार सुरु गरिएको थियो । शव र घाइतेलाई जामशोरोस्थित लियाकत विश्वविद्यालय अस्पताल लगिएको छ । आगलागीबाट बच्न केही यात्रुले बसबाट हाम फालेका थिए । बसमा करिब ३५ जना सवार रहेको बताइएको छ।

Logo