रुसले युक्रेनको खेरसनका सर्वसाधारणलाई हटाउँदै

रुसले युक्रेनको खेरसनका सर्वसाधारणलाई हटाउँदै

केन्द्रबिन्दु
0
Shares

रुसले कब्जा गरेको युक्रेनको खेरसन क्षेत्रबाट सर्वसाधारणलाई हटाउने भएको छ । 

युक्रेनी सेनाले दैनिक रकेट हमला गरेको आरोप लगाउँदै दक्षिणी खेरसन क्षेत्रका रुसी नेता भ्लादिमिर साल्डोले सो क्षेत्र खाली गर्न नागरिकलाई आह्वान गरेका हुन् । साल्डोसँगको फोनवार्तापछि रुसी उपप्रधानमन्त्री मारात खुस्नुलिनले सरकारी टेलिभिजनमा सन्देशमार्फत समर्थन गरेको बीबीसीले जनाएको छ । 

रुसी सरकारले खेरसन क्षेत्रका बासिन्दालाई देशका अन्य क्षेत्रमा जान सहयोगको व्यवस्था गर्ने बताउँदै उनले स्थानीयलाई विशेषगरी दक्षिणी रुस र क्रिमियामा जान आग्रह गरे । खेरसन क्षेत्रबाट गएका सबै नागरिकलाई निशुल्क आवास र आवश्यक बन्दोबस्त मिलाउने खुस्नुलिनले बताए । खेरसन क्षेत्रका नागरिकको पहिलो समूह शुक्रबार रुसको रोस्तोभ क्षेत्रमा पुग्ने रुसी राज्य समाचार एजेन्सी टासले जनाएको छ । युक्रेनी सेनाले हालै उत्तरपश्चिमी खेरसनको केही क्षेत्र पुनः कब्जामा लिएको छ ।

Logo