अफगानिस्तानमा महिलालाई अर्थशास्त्र र पत्रकारिता पढ्न प्रतिवन्ध

अफगानिस्तानमा महिलालाई अर्थशास्त्र र पत्रकारिता पढ्न प्रतिवन्ध

केन्द्रबिन्दु
0
Shares

तालिबानले महिलालाई विश्वविद्यालयका धेरै विषयमा प्रतिबन्ध लगाएको छ । 

अधिकांश किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाएको एक वर्षपछि अफगानिस्तानमा तालिबानले सार्वजनिक विश्वविद्यालयमा महिलाले भर्ना गर्न सक्ने पाठ्यक्रममा व्यापक प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । महिलालाई पत्रकारिता, कृषि, पशु चिकित्सा, इन्जिनियरिङ वा अर्थशास्त्र जस्ता विषयहरू लिन प्रतिबन्ध लगाएको हो । 

तालिबानले पुरुषले रोज्न सक्ने विषय समेत सीमित बनाएको छ । प्रवेश परीक्षामा पुगेकी पूर्वी अफगानिस्तानको लघमान प्रान्तका १९ वर्षीया एक युवतीले पत्रकारितामा आफ्नो भविष्य बनाउने सपना तालिवान शासकको नयाँ आदेशका कारण संकटमा परेको बताएकी छिन् । 

अगस्ट २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले किशोरीलाई माध्यमिक तह अध्ययनमा प्रतिबन्ध लगाएकोले उनले आफ्नो अन्तिम वर्ष पूरा गर्न नपाएको बताएको समाचारमा उल्लेख छ । विद्रोही समूहले पाका केटीहरूलाई विद्यालयमा फर्काउन सही ‘इस्लामिक वातावरण’ सिर्जना गर्न आवश्यक रहेको बताएको छ । तर उनीहरू सत्तामा फर्केको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अधिकांश प्रान्तमा किशोरी विद्यालय जाने वातावरण बनेको छैन । 

Logo