टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ ।

टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको  उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् । विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन् ।

‘हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ’ आन्तरिक मन्त्री सुलेमान सोयलुले भने । विस्फोटबारे अनुसन्धान भइरहेको छ ।

एजेन्सी

Logo