मापसे गरेका यात्रुले विमान परिचरको औँला नै टोकिदिएपछि…

मापसे गरेका यात्रुले विमान परिचरको औँला नै टोकिदिएपछि…


इन्डोनेसियाको राजधानी जाकार्ता उडेको विमान आपतकालीन अवतरण गरिएको छ ।

मादक पदार्थ सेवन गरका यात्रुले उडान परिचरहरूसँग अभद्र व्यवहार गरेपछि टर्किस एयरलाइन्सको जहाज आपतकालीन अवतरण गरिएको हो । उक्त विमान इस्तानबुलबाट जाकार्ताका लागि उडेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाको भिडियोमा एक व्यक्तिले प्लाष्टिक ह्यान्डकफ लगाएका परिचरलाई मुक्का प्रहार र औँला टोकिदिएका थिए । 

जाकार्तामा अवतरण गर्ने तालिका रहेको उक्त विमानलाई मलेसियाको क्वालालम्पुर डाइभर्ट गरेर कउलानामु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । एक्सप्रेसका अनुसार मादक पदार्थ सेवन गरेका ती यात्रुले परिचरको औंला टोकेका थिए । उनलाई उडान परिचारकहरूले आफूलाई शान्त पार्न चेतावनी दिएका थिए । तर, उनले बोर्डमा रहेका स्टाफका एक सदस्यको औंला टोकिदिए ।

यसैबीच, कर्मचारीको कार्य कुनै पनि हिसाबले कम्पनीको मूल्य प्रतिबिम्बित नगर्ने टर्किस एयरलाइन्सले जनाएको छ । 

Logo