इरानका सर्वोच्च नेताको प्रसंसा गर्न अस्वीकार गरेपछि सुरक्षकर्मीको कुटपिटमा छात्राको मृत्यु

इरानका सर्वोच्च नेताको प्रसंसा गर्न अस्वीकार गरेपछि सुरक्षकर्मीको कुटपिटमा छात्राको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उत्तर–पश्चिम इरानमा गत हप्ता एक १५ वर्षीया एक किशोरीको सुरक्षा बलले कुटपिट गर्दा मृत्यु भएको शिक्षक युनियनले आरोप लगाएको छ ।

विद्यालयमा छापा मार्ने क्रममा विद्यार्थीको मृत्यु भएको शिक्षक युनियनले आरोप लगाएको हो । अर्दबिलमा भएको घटनामा सुरक्षा बलले सर्वोच्च नेताको प्रशंसा गर्दै गान गाउन लगाएको थियो तर केही विद्यार्थीले अस्वीकार गरेका थिए । सुरक्षाकर्मीको कुटाइमा घाइते भएका कयौँ विद्यार्थीमध्ये आसरा पनाही पनि थिइन् । तर, अधिकारीहरुले उनीमाथि कुटेको अस्वीकार गर्दै पीडित छात्रामा ह्दयसम्बन्धी समस्या भएको जनाएको थियो ।

एक महिनाअघि इरानमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला कैयौं किशोर किशोरीको मृत्यु भएको बताइएको छ । सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । हिरासतमा रहेकी एक युवतीको मृत्युपछि भड्किएको प्रदर्शन देशव्यापी फैलिएको छ । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा उनलाई नैतिकतासम्बन्धी सुरक्षाकर्मीले पक्राउ गरेका थिए । पक्राउपछि हिरासतमा राखिएको केही दिनपछि उनको मृत्यु भएको थियो । प्रहरीले हिरासतमा उनलाई यातना दिएर मारेको पीडितका आफन्तले जनाएका छन् । 

एजेन्सी

Logo