साउदी युवराज भारत आउदै

साउदी युवराज भारत आउदै

केन्द्रबिन्दु
0
Shares

साउदी युवराज तथा प्रधानमन्त्री मोहमद बिन सलमान भारतको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा युवराज सलमान यही १४ नोभम्बरमा भारतको भ्रमण गर्न लागेका हुन् । इन्डोनेसियाको बालीमा जी २० सम्मेलनमा सहभागी हुुने क्रममा युवराज सलमान भारत आउन लागेका हुन् । साउदी उर्जामन्त्री अब्दुलअजीज बिन सलमानले यस हप्ता भारतको भ्रमण गरेका थिए । भ्रमणमा रहेका  मन्त्रीले भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, तेलमन्त्री हरदीपसिंह पुरी, उर्जामन्त्री आरके सिंहलगायतका शीर्ष मन्त्रीहरुसँग छलफल गरेका थिए ।

एजेन्सी

Logo