छुरी हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गरेन

छुरी हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गरेन

केन्द्रबिन्दु
0
Shares

गत अगस्टमा न्युयोर्कमा छुरा हमलामा परेका विश्व प्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका एजेन्टले बताएका छन् ।

सलमानको एउटा हात पनि नचल्ने भएको छ । ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू रहेका छन्’ न्युयोर्कमा रहेका उनका एजेन्टले स्पेनको एल पेस पत्रिकालाई भने ‘त्यो क्रुर हमला थियो । ’ एल पेससँगको अन्तर्वार्तामा वाइलीले भने, ‘उनले एउटा आँखाको दृष्टि गुमाएका छन् । उनको घाँटीमा तीनवटा गम्भिर घाउहरू रहेका छन् । र हातको नसा काटिएको कारण एउटा हात चल्दैन ।’ 

अहिले रुस्दी कहाँ छन् भन्ने बारेमा पनि उनले केही खुलाएका छैनन् । सन् १९८८ को विवादास्पद उपन्यास ‘सटानिक भर्सेस’का कारण उनको हत्या गर्ने धम्की आएको थियो । कतिपय मुस्लिमहरुले पुस्तकका कारण उजको निन्दा भएको बताएका छन् । 
 

Logo