अमेरिकी विद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु

अमेरिकी विद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुक धारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।  साथै अन्य ६ जना घाइते भए छन् । 

सोमबार प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको छन । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले जानकारी दिए ।

“यो हामी सबैको लागि हृदयविदारक दिन हो,“ साकले भने । 
एजेन्सी

Logo