इरानमा अतिवादी हमला: कम्तीमा १२ जनाको मृत्यु, २० जना घाइते

इरानमा अतिवादी हमला: कम्तीमा १२ जनाको मृत्यु, २० जना घाइते

केन्द्रबिन्दु
0
Shares

इरानको दक्षिणी  सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।

बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । मारिनेमा  एकजना महिला र अरु दुई बालबालिका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । आक्रमणमा संलग्न  तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणको  प्रहरीले अनुसन्धान गरेको छ । 

Logo