मस्कले भने, ‘स्वतन्त्र भयो पंक्षी !’

मस्कले भने, ‘स्वतन्त्र भयो पंक्षी !’


ट्वीटरको अधिग्रहण प्रक्रिया पुरा गरे पछि एलन मस्कले आफ्नो अन्दाजमा ट्वीटरमा यसको घोषणा गरेका छन् । मस्कले ट्वीटरमा लेको छन्, ‘स्वतन्त्र भयो चरा !’ धेरै महिनाको प्रयासपछि इलोन मस्कले अब ट्वीटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका हुन् ।

अमेरिकी मिडियाका अनुसार ट्विटरका सीईओ पराग अग्रवाल र अन्य व्यवस्थापकलाई बर्खास्त गरिएको छ । भारतीय मूलका पराग अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए। अमेरिकाको न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो ।  अग्रवालसहित प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेटलाई मस्कले बर्खास्त गरेको बताइएको छ ।

Logo