फिलिपिन्समा भीषण वर्षासँगै आएको बाढी र पहिरोका कारण ४२ जनाको मृत्यु

फिलिपिन्समा भीषण वर्षासँगै आएको बाढी र पहिरोका कारण ४२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ।

भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। 

बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने मौसम विभागले जनाएको छ।

Logo