‘हलोइन पार्टी’मा भागदौड मच्चिँदा दक्षिण कोरियामा १४९ जनाको मृत्यु, ७६ घाइते

‘हलोइन पार्टी’मा भागदौड मच्चिँदा दक्षिण कोरियामा १४९ जनाको मृत्यु, ७६ घाइते

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड हुँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ । राजधानी सिओलको इतेओन इलाकामा भएको उक्त घटनामा ७६ जना घाइते भएका छन् । 

सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको बीबीसीले लेखेको छ । उक्त कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ । 

दक्षिण कोरियाको अग्नि सेवाका अनुसार उक्त घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरी रहेका छन् । २० वर्ष आसपासका व्यक्ति धेरैले उक्त घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारमा जनाइएको छ । साँघुरो क्षेत्रमा अत्यधिक भीड जम्मा भएका कारण घटना भएको समाचारमा जनाइएको छ । कोभिड प्रकोपपछि दक्षिण कोरियामा पहिलोपटक ठूलो भीडका साथ हलोइन मनाइएको पनि समाचारमा जनाइएको छ ।

घटनालगत्तै राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि निर्देशन दिएका छन् । उक्त क्षेत्रमा उद्धार टोली खटिएको छ । सरकारी अधिकारीहरुका अनुसार २ जना विदेशीको ज्यान गएको पुष्टि भएको छ भने १५ जना घाइते भएका छन् ।

Logo