छठ पूजामा पुल भत्किदा मृत्यु हुनेको संख्या १३० पुगे

छठ पूजामा पुल भत्किदा मृत्यु हुनेको संख्या १३० पुगे

केन्द्रबिन्दु
0
Shares

गुजरातको मोरबीमा रहेको पुल भत्किदा मृत्यु हुनेको संख्या १३० पुगेको छ भने १७७ जनाको उद्दार भएको छ । 

आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ ।

अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो ।  पुल भत्किएपछि माचु नदीमा केही मानिस हराएका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । १७७ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।
एजेन्सी
 

Logo