इरानको रिभोलुसनरी गार्ड ‘आतंकवादी संगठन’को रूपमा सूचीबद्ध हुन सक्ने

इरानको रिभोलुसनरी गार्ड ‘आतंकवादी संगठन’को रूपमा सूचीबद्ध हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

जर्मनी र युरोपेली युनियनले इरानको रिभोलुसनरी गार्डलाई ‘आतंकवादी संगठन’को रूपमा सूचीबद्ध गर्ने कि नगर्ने भनेर जाँच गरिरहेको जर्मन विदेशमन्त्री आनलेना बेरबोकले बताएकी छिन् । रिभोलुसनरी गार्डको प्रदर्शन रोक्ने आदेशलाई अस्वीकार गर्दै इरानका प्रदर्शनकारीहरूले आइतबार फेरि जुलुस निकालेपछि उनले यस्तो टिप्पणी गरेकी हुन् । 

इस्लामिक गणतन्त्र इरानमा कथित महिला पोसाक  उल्लंघनको आरोपमा तेहरानमा पक्राउ परेपछि महसा अमिनीको हिरासतमा मृत्युपछि विरोध प्रदर्शन चर्किरहेका बेला जर्मनी र ईयुले रिभालुसनरी गार्डलाई अतिवादी संगठनको रुपमा सूचीबद्ध गर्ने वा नगर्ने विषयमा जाँच गरिरहेका हुन् ।

प्रदर्शन अहिले सातौं हप्तामा जारी छ ।

Logo