गुजरात पुल दुर्घटनाः ९ जना पक्राउ

गुजरात पुल दुर्घटनाः ९ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

आइतबार राति भारतको गुजरातमा एउटा झोलुंगे पुल चुँडिदा ज्यान गुमाउनेमध्ये ४७ बालबालिका रहेका छन् ।

ज्यान गुमाउनेमा एक दुई वर्षीय बच्चासमेत रहेका छन् । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला चुँडिएको थियो । 

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो । यसैबीच, उक्त घटनासँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको गुजरात प्रहरी स्रोतले जनाएको छ। गुजरात पुल दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध प्रहरीले उजुरी गरेको छ । 

एजेन्सी

Logo