अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न प्योङयाङकाे आह्वान

अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न प्योङयाङकाे आह्वान

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको छ ।

दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ । ‘अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकरावको चरणमा प्रवेश गरेको छ ।’ अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् । उनीहरुको सैन्य अभ्यासको प्योङयाङले विरोध गर्दै आएको छ ।

उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्र्तराष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । 

एजेन्सी

Logo