पाक प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

पाक प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् ।

प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले  चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्दैछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन् । 

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गरेका हुन् । । सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छन् ।  भ्रमणका क्रममा सरिफलले  ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडरलगायतका विषयमा छलफल गर्नेछन् । 

एजेन्सी

Logo