क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले ३३ सेकेन्डमा विश्वकै ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्ड रेकर्ड बनाए

क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले ३३ सेकेन्डमा विश्वकै ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्ड रेकर्ड बनाए


संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् ।

क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वल्ड रेकर्ड्सले जनाएको छ । पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन्। उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् ।

फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । “ मलाई लाग्छ, यो पीडाको जोश हो,“ उनले जीडब्लुआरलाई भने । उनले पछिल्लो अनुभवलाई जतिसक्दो चाँडो कोइला खाने प्रयाससँग तुलना गरे ।

Logo