हवाई प्रदर्शनका क्रममा दुईवटा विमान आकाशमै ठोक्किए, अनुसन्धान सुरु

हवाई प्रदर्शनका क्रममा दुईवटा विमान आकाशमै ठोक्किए, अनुसन्धान सुरु

केन्द्रबिन्दु
0
Shares

अमेरिकी संघीय उड्डयन प्रशासनले शनिबारको विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

डलासका मेयर एरिक जोन्सनले यसलाई ‘पीडादायी त्रासदी’ भनेका छन् । ट्विटमा उनले लेखेका छन्, ‘घटनाको भिडियो हृदयविदारक छ । मानिसहरूलाई मनोरञ्जन दिन र प्रथम विश्वयुद्ध बारे थप शिक्षित गराउने प्रयासमा उडान भर्नेहरु ती मानिसका लागि प्रार्थना गर्दछु ।’

उनले दुर्घटनामा कुनै पनि दर्शकलाई चोटपटक नलागेको भएपनि अहिलेसम्म क्षतिको विवरण आउन नसकेको बताए । यस घटनाको जानकारी दिने वेबसाइटका अनुसार एयर शोमा धेरै पुराना विमानले उडान भर्न लागेका थिए । दुर्घटनामा समावेश दुई विमान पी–६३ किङकोबरा पनि एक लडाकू विमान थियो जसको प्रयोग सोभियत वायु सेनाले गरिरहेको थियो ।

 

Logo