पाकिस्तानकाे नयाँ सेना प्रमुखमा मुनीर

पाकिस्तानकाे नयाँ सेना प्रमुखमा मुनीर


पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बिहीबार लेफ्टिनेन्ट जनरल असिम मुनीरलाई देशको शक्तिशाली सेनाको नयाँ प्रमुखको रूपमा नियुक्त गरेका छन् । सूचना मन्त्रीले एक ट्वीटमा उक्त जानकारी दिएका हुन् । 

नयाँ प्रमुखले निवर्तमान जनरल कमर जावेद बाजवाबाट पदभार ग्रहण गर्नेछन् । 

बाजवा छ वर्षको कार्यकालपछि यसै महिनाको अन्त्यमा अवकाश लिँदै छन् । यसअघि बाजवाले पाकिस्तानी सेना राजनीतिमा संलग्न भएको स्वीकारेका थिए । सेनाले ‘राजनीतिमा हस्तक्षेप’लाई रोक्ने निर्णय गरेको पनि उनले बताएका थिए । -एजेन्सी

Logo