1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माफी माग्यो ?

1
1
1
1
1
1
1

एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’ को लागि माफी मागेको छ ।

चीनमा आईफोन कारखानामा विरोध प्रदर्शन चर्किरहेका बेला फक्सनले माफी मागेको हो । सयौं कामदारहरू केही दिनदेखि कोभिड प्रतिबन्धहरू र बाँकी तलब भुक्तानीको दाबी गर्दै झेंग्झाउ शहरमा रहेको विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा मार्च गरिरहेका छन् ।

प्रहरीले कर्मचारीहरूलाई कुटपिट गरेको प्रदर्शनको भिडियाे प्रत्येक्ष प्रसारण गर्नेहरूले बताएका छन् । गत महिना बढ्दो काेभिड संक्रमणबीच कारखाना बन्द भएको थियो । केही कामदारहरू कम्पनीबाट बिदा भएका थिए । त्यसपछि कम्पनीले उदार बोनसको वाचाका साथ नयाँ कामदारहरू भर्ना गरेको थियो ।

राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । बेइजिङको कठोर शून्य–कोभिड नीतिअन्तर्गत प्रकोप फैलिने वित्तिकै सम्पूर्ण शहरहरू बन्द गर्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् । यस नीतिको सर्वसाधारणले विरोध गर्दै आएका छन् ।

विश्व

प्रकाशित: ८ मंसिर २०७९ १४:३४ बिहीबार

1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी