सुनसरी-३ मा १० हजार गन्न बाँकी, चौधरीलाई साढे ५ हजारको अग्रता

सुनसरी-३ मा १० हजार गन्न बाँकी, चौधरीलाई साढे ५ हजारको अग्रता


सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवार भगवती चौधरीले साढे ५ हजारबढीको अग्रता बनाएकी छन् । 

एमालेकी उम्मेदवार चौधरीले ३६ हजार १३६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी विजयकुमार गच्छदारले ३० हजार ५०१ मत पाएका छन्। चौधरीभन्दा गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि छन् । त्यहाँ अझै १० हजार ६ सय मत गणना हुन बाँकी रहेको छ । तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २ सय ६९ मल ल्याएका छन् ।

Logo