राजस्थान: ७५ रुपैयाँका लागि महिलाको गोली हानी हत्या, सात पक्राउ

राजस्थान: ७५ रुपैयाँका लागि महिलाको गोली हानी हत्या, सात पक्राउ


राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा गत नोभेम्बर ३० मा एक महिलाको गोली हानी हत्या गरिएको थियो । महिलालाई बचाउन आएका अन्य दुई युवा घाइते भएका छन् । यस मामिलामा एफआईआर दर्ता गरेपछि, प्रहरीले शुक्रबार सात आरोपीहरूलाई पक्राउ गरेको छ। 

मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेको थियो । जोतेपछि पीडित पक्षले सवा बिघा खेत भएको बताएको थियो भने अभियुक्त पक्षले भने डेढ बिघा एउटा भएको बताए ।

खेत जोतेको लेनदेनमा विवाद बढेको थियो ।’ उनले थपे, "प्रारम्भिक अनुसन्धानमा ७५ रुपैयाको लेनदेनका लागि गोली हानेको पाइएको छ । यस घटनामा संलग्न सात जना पक्राउ परेका छन्। अनुसन्धान जारी छ।" मृतक महिलाको परिवार र अभियुक्त एउटै गाउँका हुन् । महिलाको हत्यापछि गाउँमा तनाव छाएको छ ।

Logo