नेपाल टी–ट्वान्टी लिगमा पोखराकाे पहिलाे जित

नेपाल टी–ट्वान्टी लिगमा पोखराकाे पहिलाे जित


पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा एभेन्जर्सले पहिलाे जित हात पारेकाे छ । फार वेस्ट युनाइटेडलाई तीन विकेटले पराजित गर्दै पोखरा विजयी भएको हाे । 

त्रिवि मैदानमा एक सय ८० रनको लक्ष्य पछाएको पोखराले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा ग-यो । पोखराको जितमा आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रन बनाए । त्यस्तै सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रन बनाए ।

फार वेस्टका लागि उमर अलि, करण केसी र प्रकाश जैशीले समान दुई/दुई विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियोे । फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ तथा हसिम अन्सारी र भिम सार्कीले १७/१७ रन जोडे । करण केसीले अविजित १२ रन बनाए । 

पोखराका लागि जाहिर खानले तीन तथा तुलबहादुर थापा र अमिर हम्जाले समान दुई/दुई विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान एक/एक विकेट लिए । 

पोखरा छ खेलमा दुई अङ्क जोड्दै अङ्क तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पाँच खेल खेलको फार वेस्ट दुई अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

Logo