मन्त्रीहरुलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था शुरु गर्नुपर्छः सांसद पाण्डे

मन्त्रीहरुलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था शुरु गर्नुपर्छः सांसद पाण्डे


नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन् । 

शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एक पटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गरेका हुन् । उनले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने उनले बताए । 

उनले आफू वागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने काम शुरु गरेको बताए । आगामी दिनमा सरकारले ५ लाखलाई वार्षिक तालिम दिनेगरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने उनले बताए । 

सांसद पाण्डेले प्रधानमन्त्री दाहाल देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाको लागि आवश्यक कामहरु पूरा गर्न आग्रह गरे । 

Logo