क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको शिशुसहित ६ जनाको मृत्यु

क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको शिशुसहित ६ जनाको मृत्यु


अमेरिकामा क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको छ ।

टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए । स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ । संयुक्त राज्य अमेरिकामा सन् २०२१ मा बन्दुकको गोली लागेर ४९ हजार मानिसको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्या थिए ।

Logo