सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री सुनकलाई जरिबाना

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री सुनकलाई जरिबाना


बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारको सिट बेल्ट नलगाएको भन्दै जरिबाना गरिएको छ।

सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो। प्रहरीका अनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन्। यद्यपि उनले जरिवाना भने तिर्नुपर्नेछ। सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्ड जरिवाना गर्न सकिन्छ। मुद्दा अदालतमा पुगेको खण्डमा उक्त जरिवाना ५ सय पाउन्डसम्म बढ्नसक्छ।

बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई जरिवाना गरिएको यो दोस्रो पटक हो। यसअघि गत अप्रिलमा तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन र श्रीमती क्यारीले कोविड लकडाउनका नियमहरू तोडेको भन्दै जरिवाना गरिएको थियो।

Logo