२४ घण्टाको अवरुद्धपछि पाकिस्तानमा विद्युत् सेवा बहाल

२४ घण्टाको अवरुद्धपछि पाकिस्तानमा विद्युत् सेवा बहाल


पाकिस्तानमा बिजुली सङ्कट अब समाप्त भएको छ र आपूर्ति फेरि सुरु भएको छ । पाकिस्तानको ऊर्जा मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका १११२ पावर ग्रिडलाई रिस्टोर गरिएको छ । यसअघि सोमबार साँझदेखि नै देशभर विभिन्न चरणमा विद्युत् सेवा बहाल हुँदै आएको थियो ।

पाकिस्तानमा सोमबार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । ऊर्जा मन्त्रालयका अनुसार प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रिय ग्रिडको सिस्टम फ्रिक्वेन्सी बिहान ७ः३४ मा घटेर विद्युत् प्रणालीमा व्यापक क्षति पुगेको थियो ।

Logo