विश्व इतिहासमा आजः पहिलो हिउँदे ओलम्पिकदेखि लीग अफ नेसन्सको स्थापना

विश्व इतिहासमा आजः पहिलो हिउँदे ओलम्पिकदेखि लीग अफ नेसन्सको स्थापना


आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

लीग अफ नेसन्सको स्थापना

सन् १९१९ मा लीग अफ नेसन स्थापना भएको थियो । लीग अफ नेसन्स राष्ट्रसंघ स्थापना हुनुअघिको अन्तराष्ट्रिय संगठन हो । विश्वमा शान्ति र सद्भाव कायम गर्ने उदेश्यले लीग अफ नेसन्स स्थपना भएको थियो । पछि लीग अफ नेसन्सको जगमा अडेर राष्ट्रसंघ स्थापना भएको थियो ।

पहिलो सौर्य उर्जाको भट्टी खुला

सन् १९७७ मा विश्वको पहिलो सौर्य उर्जाको भट्टी खुला गरिएको थियो । फ्रान्स्को ओडेइलिोमा स्थापना गरिएको सो भट्टीले पहिलो पटक वैकल्पिक उर्जा दिएको थियो ।

युगान्डमा तानशाह इदी अमिनको उदय

सन् १९७१ मा युगान्डका तानशाह इदी अमिनले शक्ति हत्याएका थिए । सन् १९७१ देखि १९७९ सम्म सत्ता हत्याएका एमिनको शासनकालमा मानवअधिकार उल्लंघन, राजनीतिक दमन र भ्रष्टाचार भएको थियो ।

पहिलो हिउँदे ओलम्पिक

सन् १९२४ मा पहिलो हिउँदे ओलम्पिक सुरु भएको थियो । पहिलो हिउँदे ओलम्पिक फ्रान्सको च्यामोनिक्समा २५ जनवरीमा सुरु भएको थियो ।

Skip This
Logo