विश्वकै कान्छी प्रधानमन्त्री विवाह बन्धनमा

विश्वकै कान्छी प्रधानमन्त्री विवाह बन्धनमा


फिनल्याण्ड ।

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छिन् । पूर्वफुटबलर मार्कुस राएकोनेनसँग ३४ वर्षीया मरिनको विवाह सम्पन्न भएको हो ।

कोरोना महामारीको त्रासका कारण सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो । जहाँ ४० जना मात्रै पाहुना भएको स्थानीय मिडियाहरुले जनाएका छन् । मरिन र मर्कुससँगै बस्दै आए पनि विवाह भने यही १ अगस्टमा सम्पन्न भएको हो । मरिन र मर्कुसको साथमा २ वर्षीया एक छोरी, एमा अमालिया मरिन समेत छिन् ।

गत डिसेम्बरमा फिनल्याण्डको प्रधानमन्त्री पदमा चुनिएको बेला मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । मरिनले आफ्नो मन्त्रिमण्डलमा वहुमत मन्त्रालय महिलाको जिम्मामा दिएकी छिन् ।अन्नपूर्णबाट

Logo