पाकिस्तानको मस्जिदमा भएको घातक हमलाको चीनद्वारा निन्दा

पाकिस्तानको मस्जिदमा भएको घातक हमलाको चीनद्वारा निन्दा


पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमलाको चीनले  निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै यस घटनाबाट आफू स्तव्ध भएको बताएकी छन् । 

प्रवक्ता माओले उक्त घटनामा परी निधन भएकाहरू प्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । उनले मृतक र घाइतेका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै चीन जुनसुकै प्रकारको आतङ्कवादको विरुद्धमा रहेको र आतङ्कवाद विरुद्धको लडाइमा पाकिस्तानको पक्षमा रहेको पनि बताएकी छन् ।   

सार्वजनिक गरिएको विवरण अनुसार सोमबार भएको सो आक्रमणमा ९० जना भन्दा बढीले ज्यान गुमाएका छन् भने १५० भन्दा बढी घाइते भएका छन् । -सिन्ह्वा

Logo