युक्रेनले यस हप्ता किभमा ईयूसँग शिखर सम्मेलन गर्ने, प्रगतिको आशा

युक्रेनले यस हप्ता किभमा ईयूसँग शिखर सम्मेलन गर्ने, प्रगतिको आशा


युक्रेनले यस हप्ता किभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने मङ्गलबार घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट पीडित राष्ट्रलाई ब्लकको सदस्यताको नजिक ल्याउने आशा व्यक्त गरेको छ । 

रुसले आक्रमण गरेको करिब एक वर्षपछि यो घोषणा आएको छ । राष्ट्रका नाममा आफ्नो साँझको सम्बोधनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबारको शिखर सम्मेलनमा किभले लामो समयदेखि सामेल हुन खोजेको २७ सदस्यीय समूहसँग उच्च ‘सहयोग र प्रगति’ प्रतिबिम्बित गर्ने आशा व्यक्त गरेका छन् । 

‘हामी युक्रेनको लागि समाचार पर्खिरहेका छौं,’ जेलेन्स्कीले भने । 

युक्रेनको राजधानीमा हुन लागेको शिखर सम्मेलनले साझेदार र शत्रु दुवैलाई शक्तिशाली संकेत दिएको प्रधानमन्त्री डेनिस स्मिगलले बताएका छन् । 

भ्लादिमिर पुटिनले सीमा पार गर्दै रुसी सेना पठाएको केही महिनापछि युक्रेनले गत वर्ष जुनमा ईयू उम्मेद्वारको हैसियत पाएको थियो । युरोपेली सङ्घको तर्फबाट शिखर सम्मेलनमा को–को सहभागी हुनेछन् भन्ने विवरण भने दिइएको छैन । -एएफपी

Logo